mobile

नेकपाको बैठक स्थगित

By RSS on Oct 10,2018 - 12:05

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । 

शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उहाँका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो ।(रासस)

ट्याग -  बैठक स्थगित

SUGGESTED ARTICLES

img
बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । 


by RSS | Oct 15

img