mobile

यौन हिंसाबाट बालबालिका बढी पीडित

By RSS on Oct 10,2018 - 12:14

सबैभन्दा बढी किशोरी र बालबालिका यौन हिंसाको शिकार हुने गरेका छन् । जिल्लामा १० वर्षमुनिका बालबालिका १५ प्रतिशत र १८ वर्षमुनिका ४९ प्रतिशत गरी ६४ प्रतिशत बालिका यौन हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । 

मदिरा नियन्त्रण र लागुऔषध निषेधसम्बन्धी एक महीने अभियानको क्रममा बालिकामाथि सबैभन्दा बढी यौन हिंसा भएकाले विद्यालय तहमा अभियान सञ्चालन गरिएको छ । प्रहरीको अगुवाइमा जिल्लाका १६५ विद्यालयका २१ हजार बालबालिकालाई सचेतना अभियानमा सहभागी गराइएको प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । महिलामाथि हुने किसिमको हिंसा नियन्त्रण गर्न सबै मिलेर लाग्न प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।(रासस) 

ट्याग -  यौन हिंसा

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img