mobile

मानसिक रोगी बढेकामा चिन्ता

By RSS on Oct 11,2018 - 11:40

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बुधबार सम्पन्न मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनमा उहाँले त्यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उपप्रधानमन्त्री यादवले मानसिक स्वास्थ्य समस्या, अल्पविकसित र विकासोन्मुख देशहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताउनुभयो । 

निम्न तथा मध्यम आय भएका राष्ट्रका हरेक पाँच जनामध्ये एक जनामा मानसिक रोगको समस्या रहेको वास्तविकता सुनाउँदै उहाँले दक्षिण एशियाको कूल जनसङ्ख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सम्मेलनमा उपप्रधानमन्त्री यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अङ्गिकार गरेको जानकारी दिँदै नेपाल सरकार न्यूनतम खर्चमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । उहाँले मानसिक रोगको उपचारको सरलीकरणमा पनि नेपाल सरकारले विशेष ध्यान दिएको जानकारी दिनुभयो । (रासस)

ट्याग -  मानसिक रोगी

SUGGESTED ARTICLES

img
व्यासप्रज्ञा स्मारिका विमोचन

दमौली, २३ मङ्सिर (रासस) : वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले प्रकाशित गरेको ‘व्यासप्रज्ञा’ स्मारिकाको आज विमोचन गरिएको छ । प्रतिष्ठानले २०७४ कात्तिक १ गतेदेखि २०७५ वैशाख १ गतेसम्म आयोजना गरेको १८ महीने अखण्ड हरिकीर्तन र गत कात्तिक १ गतेदेखि ३० गतेसम्म आयोजना गरेको महामिलन पर्वको गतिविधिलाई समेटेर ‘व्यासप्रज्ञा’ स्मारिका प्रकाशन गरेको हो ।


by RSS | Dec 09

img