mobile

तेइस अर्ब सहुलियत ऋण

By RSS on Oct 11,2018 - 11:57

विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ । 

उक्त अवसरमा अर्थमन्त्रीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र र पर्यटन विकासमा गरेको सहयोगको सराहना गर्दै नेपाललाई थप स्रोतको आवश्यकता भएकाले आगामी दिनमा सहयोग अझ वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको थप राजश्व परिचालनका सम्भावना कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै भूकम्पपछिको पुनःनिर्माण कार्य जारी रहेको र सोको लागि आवश्यक स्रोतको कमी भएको जानकारी दिनुभयो ।(रासस) 

ट्याग -  सहुलियत ऋण

SUGGESTED ARTICLES

img
उद्योगको सङ्ख्यामा वृद्धि

मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला,


by RSS | Feb 20

img