mobile

बालमैत्री स्थानीय शासनका सूचक पूरा

By RSS on Oct 11,2018 - 12:09

जिल्लाको तिलागुफा नगरपालिका–१ र ३ वडाले बालमैत्री स्थानीय शासनका सूचक पूरा गरेको छ । यी वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार असार २१ गते निर्धारण गरिएका २८ वटा सूचक पूरा गरेका हुन् । राष्ट्रिय रणनीतिका २८, संस्थागत १२ र १६ खुड्किला पार गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने उक्त नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । 

सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोट शाखाको सहजीकरणमा बाल सहभागिता, बाल विकास, बाल संरक्षणसम्बन्धी सूचक पूरा भएका छन् । बाल सहभागितासम्बन्धी ६, बाल विकाससम्बन्धी ५, बाल संरक्षणसम्बन्धी ५ र बाल बचाउसम्बन्धी ९ सूचक पूरा भएको जिल्ला बाल क्ल्याण समितिका अध्यक्ष लालबहादुर मल्लले बताउनुभयो ।शतप्रतिशत सूचक पूरा भए पनि शिक्षा र बाल संरक्षणका केही सूचक ८० प्रतिशत पूरा भएको उक्त नपा–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार वडाभित्रका केही विद्यालयमा विद्यार्थीका अनुपातमा बालमैत्री शौचालय अपुग छ । 


जिल्ला तथा नगरपालिका बालमैत्री स्थानीय शासनका पदधिकारीको संयुक्त अनुगमनपश्चात हालै सदरमुकाम मान्ममा बसेको बैठकले अनुगमन गरिएका उक्त नगरपालिकाका १ र ३ वडालाई आगामी कात्तिक १६ गते बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी गरेको छ भने वडा नं २ र ४ लाई यसअघि नै घोषणा गरिसकेको नगरपालिकाका उपप्रमुख दन्ता नेपालीले बताउनुभयो । (रासस)

ट्याग -  बालमैत्री ,

SUGGESTED ARTICLES

img
व्यासप्रज्ञा स्मारिका विमोचन

दमौली, २३ मङ्सिर (रासस) : वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले प्रकाशित गरेको ‘व्यासप्रज्ञा’ स्मारिकाको आज विमोचन गरिएको छ । प्रतिष्ठानले २०७४ कात्तिक १ गतेदेखि २०७५ वैशाख १ गतेसम्म आयोजना गरेको १८ महीने अखण्ड हरिकीर्तन र गत कात्तिक १ गतेदेखि ३० गतेसम्म आयोजना गरेको महामिलन पर्वको गतिविधिलाई समेटेर ‘व्यासप्रज्ञा’ स्मारिका प्रकाशन गरेको हो ।


by RSS | Dec 09

img