mobile

सहुलियतको चामल बिक्री वितरण

By RSS on Oct 11,2018 - 15:08

चाडपर्वलाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले सहुलियत दरमा खाद्यान्न बिक्री वितरण थालेको छ । 

बडादशैँ, तिहार र छठपर्वलाई ध्यानमा राख्दै खाद्यान्न बिक्री गर्न शुरु गरिएको हो । असोज १७ गतेदेखि खाद्यान्न बिक्री गरिरहेको सूचना अधिकारी नकुुल चौधरीले जानकारी दिनुभयो । सरकारले जिल्लामा पहिलो पटक सहुलियत दरमा बिक्री गर्न चामल पठाएको हो । चाडपर्वमा सर्वसाधारणलाई सहुलियत होस् भनेर सरकारले यस्तो निर्णय गरेको हो । सोना मन्सुली प्रतिकिलो रु ४१ र जिरा मसिनो प्रतिकिलो रु ५१ मा बिक्री वितरण भइरहेको छ । “सहुलियत दरमा बेच्न ५०० क्विन्टल चामल आएको छ,” चौधरीले भन्नुभयो । सर्वसाधारणले यहाँस्थित खाद्य संस्थानको कार्यालयबाट अगामी कात्तिक २७ गतेसम्म चामल किन्न सक्नेछन् । (रासस)

ट्याग -  सहुलियत चामल

SUGGESTED ARTICLES

img
प्रहरी सचेतनाले घट्यो आत्महत्या

रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा यो सङ्ख्या २८ मा झरेको थियो ।


by RSS | Today, 04:59 PM

img