mobile

विद्युत् उपभोक्ता मर्कामा

By RSS on Oct 11,2018 - 15:27

नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रअन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएपछि उपभोक्ता मर्कामा परेका छन् । मिटर रिडिङ गर्ने कर्मचारी आन्दोलित हुँदा विद्युत्को मासिक शुल्क बुझाउने उपभोक्तालाई कठिनाइ भएको छ । समयमा विद्युत् महसुल नतिर्दा राजश्व असुल गर्न समस्या भइरहेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । “अहिले उपभोक्ता आफैँ मिटरको अङ्क टिपेर विद्युत् प्राधिकरणलाई बुझाउन बाध्य छन्,” उहाँले भन्नुभयो । न्यून ज्यालादारीमा काम गर्दै आएका कर्मचारीको व्यवस्थापन नगरिएको र सेवा सुविधाबाट समेत वञ्चित गरिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

मिटर रिडिङ गर्दै आउनुभएका दुर्गानन्द यादव सप्तरीका मिटर रिडरले १६ वर्षदेखि निरन्तर काम गर्दैआएपनि व्यवस्थापन नगरिएको बताउनुहुन्छ । वितरण केन्द्रका प्रमुख साह चाँडै उनीहरुको समस्या समाधान गरिने बताउनुहुन्छ । (रासस)

ट्याग -  उपभोक्ता मर्कामा

SUGGESTED ARTICLES

img
सडक दुर्घटनामा मृत्यु

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।


by RSS | Oct 15

img