mobile

क्याननको शाखा नेपालमा

By RSS on Oct 11,2018 - 15:45

क्याननका लागि आधिकारिक बिक्रेता प्रोम्याक्स इन्टरनेशनलले थप सेवा दिने उद्देश्यले शाखा नेपालमा विस्तार गरेको छ । सिङ्गापुरमा उत्पादित क्यानन इमेज स्क्वायरको शाखाको आज नेपालका लागि क्याननका निर्देशक एलेक्स चानले उद्घाटन गर्नुभयो । कम्पनीले सेवाग्राहीको फोटोग्राफीसम्बन्धी चाहनालाई पूरा गर्ने उद्देश्यले सो शाखा स्थापना गरिएको जनाएको छ । कम्पनीबाट उत्पादित क्यामेराले सेवाग्राहीलाई आफ्ना महत्वपूर्ण क्षणलाई कैद गरी स्मरण गर्न मद्दत पु-याउनुका साथै प्रयोगात्मक अनुभूति दिलाउने क्याननले जनाएको छ । क्यानन कम्पनीका क्यामेरा विगत २५ वर्षदेखि नेपालमा बिक्री हुँदै आएको छ । कम्पनीले आज प्रेस विज्ञप्तिमार्फत कम्पनीको विस्तारबारे जानकारी गराएको हो । (रासस)

ट्याग -  क्यानन

SUGGESTED ARTICLES

img
गभारो लागेपछि ‘सुन्तालाको जोन’ प्रभावित

गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन घटेपछि किसान चिन्तित छन् । रोगका कारण सुन्तालका बोट सुक्ने र दानाहरु कालो हुन थालेपछि उत्पादन कमी आएको हो । गत वर्ष रु आठ करोड बराबरको सुन्तला उत्पादन भएको जाजरकोटमा यो वर्ष त्यसको आधा पनि उत्पादन सकेको किसान


by RSS | Dec 09

img