mobile

जनमुखी प्रशासनको आवश्यकता

By RSS on Oct 11,2018 - 17:27

सभामुख कृष्णबहादुर महराले सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको बताउनुभएको छ ।

प्रहरी दिवसको अवसरमा आज प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले नेपाल प्रहरीले जनताका यावत समस्यालाई एकिकृत गरी जनभावना अनुरुप काम गर्नुपर्नेमा जोड दिँदै प्रहरीलाई निर्भिक र निडर भएर काम गर्न आग्रह गर्नुभयो ।

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले अमर प्रहरीको परिवारलाई प्रदेश सरकारले प्याकेजमा सहयोग गर्ने बताउनुभयो । द्धन्द्धमा मारिएका परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि प्रदेश सरकारले नीति ल्याउने बताउनुभयो ।

सो अवसरमा अमर प्रहरी परिवारका तर्फबाट निर्मला थापाले अमर प्रहरीलाई शहीद घोषणा गर्न माग गनुभयो । सरकारकै काममा खटिँदा सहादत प्राप्त गरेकालाई सरकारले शहीद घोषणा नगर्दा पीडित परिवारलाई थप पीडा थपिएको उहाँको भनाइ थियो । सो अवसरमा ५ नम्बर प्रदेशभित्र रहेका विभिन्न जिल्लाका उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा अमर प्रहरी परिवारलाई सभामुख महराले सम्मान गर्नुभएको थियो ।

ट्याग -  जनमुखी

SUGGESTED ARTICLES

img
भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गर्नुभयो ।


by RSS | Dec 09

img