mobile

ज्येष्ठ नागरिकलाई पर्व भत्ता

By RSS on Oct 11,2018 - 18:08

गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्व भत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी रु तीन हजार पाउनेछन् । लगत सङ्कलन भइरहेको र दशैँअगावै भत्ता बाँडिने नगरपालिकाका नगर प्रमुख भरत शर्मा गरैले बताउनुभयो । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिलाई पर्व भत्ता दिने निर्णय नगरसभाबाट गरिएको हो । “लगत लिने काम अन्तिम चरणमा छ,” उहाँले भन्नुभयो । ज्येष्ठ नागरिकको जीवनयापन सहज गर्न भत्ता दिने निर्णय भएको गैरेको भनाइ छ । 

“ज्येष्ठ नागरिकको सेवा, सुविधाप्रति हामी संवेदनशील छौँ,” उहाँले भन्नुभयो । नियमित रुपमा पाउने अन्य सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि सहज बनाइएको छ । नगरपालिकाले प्रसूति सेवाका लागि नगरबाहिर जानुपर्ने अवस्थामा महिलालाई यातायात खर्च दिने भएको छ । सदरमुकामसम्म आउन ट्याक्सी भाडाबापत रु तीन हजार उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । (रासस)

ट्याग -  पर्व भत्ता

SUGGESTED ARTICLES

img
ढोरपाटनमा यातायात अवरुद्ध

नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका–९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन । हिउँ नपग्लदा बोवाङको फलियाघरदेखि माथिको बस्तीमा सडक यातयात पूर्णरुपमा बन्द भएको स्थानीयवासी कमल भण्डारीले जानकारी दिनुभयो ।


by RSS | Feb 22

img