mobile

नेपाल–सुरीनामबीच दौंत्य सम्बन्ध

By RSS on Oct 12,2018 - 16:42

नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ । दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा आज न्यूयोर्कमा हस्ताक्षर भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र सुरीनामको स्थायी नियोगका उपप्रमुखहरू क्रमशः निर्मलराज काफ्ले र किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपाल र सुरीनामबीच दुई पक्षीय र बहुपक्षीय तहका साथै संयुक्त राष्ट्रसङ्घ असंलग्न आन्दोलन एवं जी ७७ मा सहकार्य गर्न कूटनीतिक सम्बन्ध स्थापना भएको हो । (रासस)

ट्याग -  दौंत्य सम्बन्ध

SUGGESTED ARTICLES

img
वीरेन्द्रनगर नगरपालिकाद्वारा ४८ मुद्दा छिनोफानो

वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानूनसम्मत टुङ्गो लगाएइएको जानकारी दिनुभयो । अधिकांश मुद्दाहरु जग्गा विवाद र अंशबण्डासम्बन्धी थिए । साविकको क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भएसँगै


by RSS | Today, 01:15 PM

img