mobile

सन्राइज बैंकद्वारा थप दुई शाखा विस्तार

By RSS on Oct 12,2018 - 17:56

 

सन्राइज बैंक लिमिटेडले ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ । शुक्रबार आयोजित छुटाछुटै आंैपचारिक कार्यक्रमबीच चैनपुर र जुम्ला शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ । योसमेत गरी बैंकको शाखा सङ्ख्या ९७ पुगेको छ । 

बैंकले नेपालभर ११० एटिएम, चार एक्सटेन्सन काउन्टर तथा विभिन्न स्थानमा २४ शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

यसैगरी सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । (रासस)

ट्याग -  सन्राइज बैंक

SUGGESTED ARTICLES

img
७ हजारभन्दा बढी ऋणी कालोसूचीमा  

बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जा (उठ्न नसकेको ऋण लगानी) को चाप दिन प्रतिदिन बढ्दै गएको छ । आर्थिक वर्ष २०७५७६ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा ऋण नतिर्ने ७ हजार ३ सय ११ फर्मकम्पनी र तिनका सञ्चालकहरु कालोसूचीमा परेका छन् ।


by Anu Rana | Today, 11:59 AM

img