mobile

बलात्कारको गलत रिपोर्ट दिने डाक्टर कारबाहीमा  

By Anu Rana on Oct 13,2018 - 09:28

बालिका बलात्कारको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतलका दुई डाक्टर कारबाहीमा परेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका २ कि १२ वर्षीय बलात्कृत बालिकाको शारीरिक जाँचका क्रममा बलात्कार नभएको प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा . विजयकुमार सिंह र डा. रम्भा गोइत कारबाहीमा परेका हुन् ।

दुबैजनलाई नेपाल मेडिकल काउन्सिलले कारबाही गरेको हो । काउन्सिलले उनीहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट बञ्चित गराउने गरी कारबाही गरेको छन ।

बलात्कारजस्तो अपराधमा मेडिकल रिपोर्ट महत्वपूर्ण हुने भन्दै धनुषा सरकारी कार्यालयका वकिल टेकबहादुर कार्कीले अपराधीलाई संरक्षण गर्ने नियतले गलत रिपोर्ट आएको देखिएको बताए । ‘कतिपय बलात्कारका मुद्दामा गलत मेडिकल रिपोर्टका आधारमा अपराधी उम्कने गरेका छन्,’ उनले भने ।

 विगतमा पनि अस्पतालहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट समयमा उपलब्ध नगराउने गरेको प्रहरी उपरीक्षक थपलियाले बताए । अञ्चल अस्पतालका चिकित्सक सिंहले भने आफूले तयार पारेको रिपोर्ट सही भएको दाबी गरेका छन् ।

 त्यसो त जनकपुर अञ्चल अस्पतालमा परीक्षणका लागि शवको अंगको नमुना र भिसेरा संकलन सरसफाइकर्मीले गर्ने गरेका छन् । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिवेक्षक डा। रामपरीक्षण यादवले शवको पोस्टमार्टम गर्दा भिसेरा निकाल्ने र चिरफारपछि शवको सिलबन्दी गर्ने काम सरसफाइकर्मीले नै गर्ने गरेको स्वीकार गरे । तालिमप्राप्त सफाइकर्मीले सो काम गर्दै आएको यादवको गरेका हुन ।

उक्त काउन्सिलले उनीहरुले न्युनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरित कार्य गरेको देखिएको भन्दै कारबाही गरेको जनाइएको छ । दुबै डाक्टरले ९ भाद्रमा पीडित बालिकाको नमुना परीक्षण गर्दा बलात्कार नभएको प्रतिवेदन दिएका थिए । तर, सोहि बालिकाको २५ भाद्रमा सिरहा अस्पतालका डा ।राकेशकुमार सिंहले शरीर परीक्षण गर्दा बलात्कार भएको प्रतिवेदन दिएका थिए ।

यस विषयमा छानबिन गर्न काउन्सिलले डा ।कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो । जनकपुर र सिरहामा नमुना परीक्षणको फरक प्रतिवेदन आएपछि खत्री संयोकत्वको छानबिन समितिले दुबै डाक्टरमाथि कारबाही गर्ने निर्णय गरेको हो ।

 यसैगरी वयानका लागि बोलाउँदा अटेर गरेर बसेको भन्दै जिल्ला अस्पतालका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टिकरण सोध्ने निर्णय भएको काउन्सिलले जनाएको छ ।

 बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पीडित पक्षको जाहेरी अनुसार छिमेकी २३ वर्षीय किरण खत्वेलाई पक्राउ गरेको छ । खत्वेले प्रहरी र अदालत दुबै ठाउँमा बलात्कार गरेको स्वीकारी बयान दिएपछि पुर्पक्षका लागि अहिले कारागारमा छन् ।

ट्याग -  जनकपुर अञ्चल अस्पतल , बलात्कारको गलत रिपोर्ट , डाक्टर कारबाहीमा  

SUGGESTED ARTICLES

img
प्रहरी सचेतनाले घट्यो आत्महत्या

रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा यो सङ्ख्या २८ मा झरेको थियो ।


by RSS | Today, 04:59 PM

img