mobile

ट्रक दुर्घटनामा एकको मृत्यु

By RSS on Oct 15,2018 - 13:43

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ । भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले बिग्रिएर रोकी राखेको ना १ ख १४१ नं को ट्रकलाई ठक्कर दिँदा मर्मत गर्दै गरेका सहचालक नवलपरासी गैँडाकोट ढोडेनीका २० वर्षीय धनबहादुर मगर गम्भीर घाइते भएपछि भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 
उक्त दुर्घटनामा परेका ट्रक चालक ढोडेनीका २७ वर्र्षीय वसन्त भुजेलको सोही अस्पतालमा उपचार भइरहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो । 

ट्याग -  ट्रक दुर्घटना

SUGGESTED ARTICLES

img
एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । 


by RSS | Today, 01:57 PM

img