mobile

एकको मृत्यु सात घाइते

By RSS on Oct 15,2018 - 13:52

जिल्लामा भएका छुट्टा छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कँर खाँदा एक मोटरसाइकल चालकको मृत्यु भएको हो । 
मृत्यु हुनेमा ना १५ प २०८२ को मोटरसाईकल चालक भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने ३५ वर्षीय सन्तबहादुर ताम्राकार रहेका छन् । सोही मोटरसाइकलसँग ठक्कँर खाएको ना ५० प ७५२९ नं को चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उपचारको क्रममा ताम्राकारको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ । 
यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लीङ्मा बस दुर्घटना हुँदा चार घाइते भएका छन् । प्रहरीका अनुसार लमजुङ्बाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७०५ नं को बस राजमार्गबाट करीब ७० मिटर तल त्रिशूली नदी किनारमा खसेको छ । 
गएराति करीब १२ बजे दुर्घटना भएको हो । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । सबैको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ । त्यस्तै इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको ना ५ ख २३७८ नं को ट्रक पछाडी लु ४१ प ४८०७ नं को मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन् । 
घाइते हुनेमा मोटरसाइकलमा सवार गुल्मी अर्खलेका २९ वर्षीय प्रवीण खत्री र २० वर्षीया आयुशा खत्री रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना गएराति ९ः१५ बजे भएको हो । (रासस)

ट्याग -  दुर्घटना

SUGGESTED ARTICLES

img
प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अगुवाइमा झण्डै चार महीनादेखि सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ जिल्लामा प्रभावकारी देखिएको छ । अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका छन् । प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको


by RSS | Today, 05:01 PM

img