mobile

सडक दुर्घटनामा मृत्यु

By RSS on Oct 15,2018 - 14:28

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । 

दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो । वृत्तका प्रमुख अनिलकुमार विष्टले उक्त दुर्घटनामा घाइते भएका चार जनाको सोही अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।  (रासस)

ट्याग -  सडक दुर्घटना

SUGGESTED ARTICLES

img
एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । 


by RSS | Today, 01:57 PM

img