mobile

राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

By RSS on Oct 24,2018 - 16:44

यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ । कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको प्रमुख मित्रलाल ढकालले बताउनुभयो ।  
यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने गरेको उहाँले बताउनुभयो । 
सवारी चालकमा स्मार्ट लाइसेन्सको माग तीव्र रहेको उहाँले बताउनुभयो । नयाँ लाइसेन्स प्राप्त गरेकाले, हराएको, नयाँ नवीकरण गरेको, थप गर्नुपर्ने, लाइसेन्सको विवरण थपघट गर्नुपर्ने भएकाले मात्रै स्मार्ट लाइसेन्स पाउने कार्यालयका नायब शुब्बा शान्तराज गौतमले बताउनुभयो । 

राप्तीबाट गएको माघ २७ गतेदेखि स्मार्ट लाइसेन्स वितरण शुरु भएको उहाँको भनाइ छ । राप्तीबाट विभिन्न सवारीसाधनका गरी जम्मा पाँच लाख ३८ हजार ८९९ लाइसेन्स वितरण भएका छन् । (रासस)

ट्याग -  स्मार्ट लाइसेन्स

SUGGESTED ARTICLES

img
पठाओ ले नेपालमा बाइक सेयरिङ सर्भिस सेवा दिदै  

केही समयदेखि राजधानीमा ‘टुटल र पठाओ’ यो सेवा चल्दै आएको छ । सरल भाषामा यसलाई ट्याक्सी मोटरसाइकलको नाम दिइएको छ । यो एक प्रकारको मोबाइल एप्लिकेसन हो । उनीहरू मोटरसाइकलमार्फत ट्याक्सीको जस्तै सेवा दिन्छन् । यात्रुले चाहेको गन्तव्यमा पुर्याएर आफूले आम्दानी गरेका हुन् भने यात्रुलाई सहज बनाएका छन् ।


by Anu Rana | Jan 14

img