mobile

विद्युतीय बसको रुट टुङ्गो लाग्न बाँकी

By RSS on Oct 24,2018 - 17:17

मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ । केही दिनभित्रै बस दर्ता भइसक्ने साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्ता भएपछि नै कुन ठाउँमा आवश्यक छ हेरेर त्यो रुटमा चल्नेछ ।” काठमाडौँ उपत्यकाको नगर क्षेत्रमा बस चल्ने उहाँले बताउनुभयो । एशियाली विकास बैंकले पाँच वटा बस लुम्बिनी क्षेत्र विकास कोषलाई अनुदान सहयोगमा दिएको हो । चिनियाँ निर्माण कम्पनी विवाइडीले बस निर्माण गरेको हो । यी बस केही समयका लागि मात्रै काठमाडौँ उपत्यकामा चल्नेछ । 

बस व्यवस्थापनको जिम्मेवारी साझा यातायातले लिएको छ । लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि बस लुम्बिनी लगिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा हामीले नै यी बस सञ्चालन गर्नैछौँ ।” कुल २९ जना यात्रु क्षमता रहेको बस अपाङ्गतामैत्री समेत रहेको पाण्डेयले बताउनुभयो । यो बसमा ‘लिफ्ट सिस्टम’ हुँदा ‘ह्विलचेयर’ सजिलै चढाउन र ओर्लन सकिने छ । उहाँले भन्नुभयो, “बस सबै यात्रुका लागि सजिलो खालको छ ।” विद्युतीय बसको प्रयोगले वातावरण सफा बनाउने हुँदा जनस्वास्थ्यमा समेत सकारात्मक असर गर्ने उहाँले बताउनुभयो । विद्युतीय बससँगै अरु विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसमेत लागेको छ । बीस ठाउँमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्न प्रक्रिया थालेको छ । (रासस)

ट्याग -  विद्युतीय बस

SUGGESTED ARTICLES

img
दुबई विमान दुर्घटना: चार जनाको मृत्यु

डीए–४२ नामक चार सिटे विमानमा दुई यात्रु र चालक र सहचालक थिए। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएको यूएईका अधिकारीहरूले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना भएको थियो ।  


by Anu Rana | May 20

img