mobile

दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो

By RSS on Oct 26,2018 - 11:21

पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा आयोगमा सीधै र आयोगले सञ्चालन गरेको निःशुल्क सेवा ११४५ मार्फत ४५१ उजुरी परेको आयोगले जनाएको छ । यहाँ आज आयोजित अन्तक्रियामा आयोगका सचिव अनिलकुमार ठाकुरले पहिलेको तुलनामा पछिल्लो पटक आयोगमा महिला हिंसासम्बन्धी उजुरी झन् झन् बढ्दै गएको बताउनुभयो ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले महिला हिंसा अन्त्यका लागि भएका ऐन÷कानूनको कडाइका साथ कार्यान्वयन गर्नाका साथै चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । 

नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक किरण रानाले दिन प्रतिदिन महिला हिंसाका घटना बढ्दै गएको बताउँदै महिला हिंसा अन्त्यका लागि पुरुषको पनि उत्तिकै हात हुने धारणा व्यक्त गर्नुभयो । महिला अधिकारकर्मी रमा पराजुलीले बलात्कारका घटनामा संलग्न दोषीलाई सरकारले कारवाही गर्न नसकेको आरोप लगाउनुभयो । (रासस)

ट्याग -  महिला हिंसा

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img