mobile

सरकारका कामको परिणाम देखिने बेला आउँदैछ : वनमन्त्री

By RSS on Oct 26,2018 - 15:56

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताउनुभएको छ । नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताउनुभयो । “राज्यको पुनःसंरचनासँगै तीनै तहका सरकार सञ्चालन भएको विशिष्ट अवस्था हो”, मन्त्री बस्नेतले भन्नुभयो, “यस अवधिमा सरकारले आन्तरिक तयारीका सबै काम टुङ्ग्याउन लागेको छ, सरकार आफ्नो उद्देश्य र प्रतिबद्धतादेखि विचलित भएको छैन ।” उहाँले कानूनको मस्यौदा र प्रशासनिक पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रदेश सरकारले अब हात फुकाएर काम गर्नुपर्ने अवस्था आउन लागेको उहाँको भनाइ थियो । “कतिपय काम शुरु पनि भइसकेका छन्, यसप्रति केन्द्र सरकार चिन्तित छ”, उहाँले भन्नुभयो । 

मन्त्री बस्नेतले केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नचाहेको आरोप सही नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सबैजसो मन्त्रालयले प्रदेश सरकारलाई आफ्ना संरचना हस्तान्तरण गरिसकेका र केहीका कानूनी जटिलताका कारण मात्र बाँकी रहेका छन्, ती पनि छिट्टै हस्तान्तरण हुन्छन् ।” एक फरक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रहेका मन्त्री बस्नेतले कर्णाली प्रदेश संसदीय दलको नेतृत्व पार्टीले विधि, प्रक्रियाभित्रै रहेर टुङ्ग्याउने धारणा राख्नुभयो । (रासस)

ट्याग -  परिणाम

SUGGESTED ARTICLES

img
सहमति नजुटेकाले एकता प्रक्रियामा ढिलाइ

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उहाँले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पार्नुभयो ।


by RSS | Mar 21

img