mobile

नयाँ हुन्डाई स्यान्ट्रोका साथ नेपाली व्यवसायी

By Anu Rana on Oct 28,2018 - 12:15

भारतमा हुन्डाई स्यान्ट्रोको पुनरागमन भखरै मात्र भ्एको छ । एक विशेष कार्यक्रमका बीच भारतमा नयाँ हुन्डाई स्यान्ट्रो लन्च भएको हो । विभिन्न ७ कलरमा उपलब्ध सो कारको प्रारम्भिक मूल्य ३ लाख ८९ हजार ९ सय रुपैयाँ हुनेछ । त्यसैगरी अन्य भेरिएन्टको मूल्य क्रमशः ४ लाख २९ हजार ९ सय, ४ लाख ५७ हजार ९ सय, ४ लाख ९९ हजार ९ सय र ५ लाख ४५ हजार ९ सय भारु पर्नेछ । यो डी–लाइट, इरा, म्याग्ना, स्पोर्ट्ज र आस्टा गरी ५ भेरिएन्टमा उपलब्ध हुनेछ ।

त्यसैगरी एएमटी भेरिएन्टको मूल्य ५ लाख ८० हजार ९ सय र ६ लाख ४६ हजार ९ सय रुपैयाँ रहेको छ । अभिनेता एवं हुन्डाईका ब्रान्ड एम्बेसडर शाहरुख खान समेत सो समारोहमा उपस्थित भ्एक हुन ।

यसमा १ .१ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन छ, जसले ६८ एचपीको पावर र ९९ एनएमको टर्क जेनेरेट गर्छ । यो सीएनजी भेरिएन्टमा पनि उपलब्ध छ । यो फाइभ स्पिड म्यानुअल ट्रान्समिसनका साथ उपलब्ध छ । त्यसैगरी एलईडी डीआरएल्स, एलोई ह्विल, ह्यालोजन हेडल्याम्प छ ।

नयाँ हुन्डाई स्यान्ट्रोले २०.३ किलोमिटरको माइलेज दिने कम्पनीको दावीरहेको छ । यसको इन्फोटेनमेन्ट सिष्टमले एन्ड्रोइड अटो र एप्पल कारप्ले दुवैलाई सपोर्ट गर्छ । नयाँ हुन्डाई स्यान्ट्रोले एड्भान्स्ड रोबस्ट एचए प्लेटफर्ममा काम गर्नेछ । उक्त  लन्चिङ समारोहमा हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रतिनिधिहरु समेत सहभागी भ्एको थिए ।  

टलब्वाई डिजाइनको पुनरागमन

नयाँ हुन्डाई स्यान्ट्रोले टलब्वाई डिजाइनलाई फेरि ल्याएको छ । यो सेगमेन्टमा यसलाई सबैभन्दा अग्लो र फराकिलो कारमा गन्ती गर्न सकिन्छ । यसको उचाई १६४५ एमएम, चौडाई १५६० एमएम र लम्बाई ३६१० एमएम छ ।

सेगमेन्टमै पहिलो

नयाँ हुन्डाई स्यान्ट्रोको टप भेरिएन्टमा ७ इन्चको इन्फोटेनमेन्ट सिष्टम उपलब्ध छ । यसमा भएको रियर एसी भेन्टले यो सेगमेन्टमा यसलाई विशेष बनाएको छ । यसमा रिभर्स क्यामेरा पनि छ । अघिल्लो भागमा एक यूएसबी पोर्ट पनि उपलब्ध छ । पावर विन्डोजका साथ स्टेयरिङ माउन्टेड कन्ट्रोल्स उपलब्ध छ । यसमा इन्डिकेटर्स सहितको पावर एड्जस्टेबल फोल्डिङ विङ मिरर पनि छ ।

एक एयरब्याग

यसमा ड्राइभर साइडमा एउटा एयरब्याग राखिएको छ । त्यसैगरी ईबीडीका साथ एबीएस छ । सिटबेल्ट रिमाइन्डर, रियर डिफगर र वाइपर पनि छ । त्यसैगरी रियर पार्किङ सेन्सर छ ।

एएमटीको प्रवेश

हुन्डाईले पहिलो पटक एएमटीको उपयोग स्यान्ट्रोमार्फत गरेको छ । कम्पनीले पहिलो पटक कम मूल्यमा अटोमेटेड म्यानुअल ट्रान्समिसन (एएमटी) उपलब्ध गराएको छ । यसमा फाइभ स्पिड एएमटी उपलब्ध छ ।

सन् १९९८ मा पहिलो पटक बजारमा उपलब्ध यो कारले भारतीय बजारमा निकै नै सफलता पाएको थियो । तर यो कारको निर्माण सन् २०१४ मा बन्द गरिएको थियो । तर अहिले पनि यो कारको क्रेज उत्तिकै छ जति पहिले थियो । हाल भारतमा हुन्डाई ब्रान्डले २० वर्ष पुरा गरेको अवसरमा सो कारलाई फेरि लन्च गरिएको हो ।

अब यसको प्रतिस्पर्धा मारुती सुजुकी वागन आर, टाटा टियागो, मारुती सुजुकी सेलेरियो र रेनो क्विड आदिसँग हुनेछ । नेपाली बजारमा पनि निकै चर्चित रहेको सेन्ट्रोको नयाँ मोडल संभवत नेपाली बजारमा दिपावली लगत्तै सेन्ट्रो सार्वजनिक हुने छ । 

ट्याग -  नयाँ हुन्डाई स्यान्ट्रोका साथ नेपाली व्यवसायी

SUGGESTED ARTICLES

img
खम्बा र ठूला बसले गोँगबु–लैनचौर सडकमा चाप बढ्यो

सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लाग्नुभएकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुग्नुभयो । नयाँ बसपार्कबाट घण्टाघरमा जान विनोद राईलाई एक घण्टा १५ मिनेट समय लाग्यो । 


by RSS | Nov 19

img