mobile

‘सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित्त’

By RSS on Oct 28,2018 - 15:45

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित भएर लागिरहेको बताउनुभएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आफ्ना नीति तथा कार्यक्रमको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाटोमा प्रदेश सरकार अग्रसर भएको बताउनुभयो । सुशासन र शान्ति कायम गरेर विकास र समृद्धि ल्याउन उहाँले जोड दिनुभयो । मुख्यमन्त्री राईले भ्रष्टाचारमुक्त र सुशासनयुक्त प्रदेश सरकारको चाहनालाई पूरा गर्न जनताको जिम्मेवारीसमेत रहेको भन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमको पूर्णरुपमा कार्यान्वय हुने विश्वास दिलाउनुभयो । 

“अपराध र हिंसा रोक्न समुदाय र प्रहरी साझेदारी कार्यक्रमले बल पु¥याउँछ,” उहाँले भन्नुभयो, “प्रदेश सरकार गम्भीर एवं संवेदनशील छ ।” आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले समुदाय र प्रहरी साझेदारी कार्यक्रमबाट शान्तिसुरक्षा र सुशासन कायम गर्न मद्दत पुग्ने बताउनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रहरी र समुदाय एक अर्काको पूरक भएको चर्चा गर्नुभयो । सो अवसरमा प्रदेश प्रहरी प्रमुख केदार रिजालले अपराधको बेलैमा पहिचान गरी समाधानको उपाय खोज्न समुदाय र प्रहरी साझेदारी कार्यक्रम फलदायी हुने बताउनुभयो ।(रासस) 

ट्याग -  सङ्कल्प , सरकार दत्तचित्त

SUGGESTED ARTICLES

img
विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।”


by RSS | Mar 25

img