mobile

प्रहरी प्रशासनले अब नयाँ तरिकाले काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

By RSS on Oct 28,2018 - 17:27

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाज रुपान्तरणको चरणमा रहेको वर्तमान अवस्थामा हरेकले आफूलाई रुपान्तरण गरेर काम गर्न जरुरी भइसकेको बताउनु भएको छ । नेपाल प्रहरीले आजदेखि शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले प्रहरी प्रशासनले पनि नयाँ तरिकाले कार्य सम्पादन गर्नु जरुरी रहेको बताउनुभयो । शान्ति सुव्यवस्था सुदृढ र भरपर्दो बनाउन समाजका सबै तप्काले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘हिजोको सोच, चिन्तन, कार्यशैली र व्यवहार परिवर्तन गरेर नयाँ तरिकाले जान आवश्यक छ ।” 

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले पछिल्लो समयमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यमा फितलो भइरहेको भन्ने जनगुनासो बढेकोप्रति सचेत हुन जरुरी छ भन्नुभयो । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापालगायतले प्रहरीले आजदेखि कार्यान्वयनमा ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम समाजमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सान्दर्भिक रहेको बताउनुभयो । ७ नं प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणामाथि प्रकाश पार्नुभएको थियो । 

नेपाल प्रहरीले समाजमा विभिन्न अपराध, विकृति–विसङ्गति रोकथाम गर्दै शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न समुदाय, स्थानीय तह, सामाजिक सङ्घसंस्था, विद्यालयलगायतलाई जोडेर नयाँ समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयमा ल्याएको हो ।(रासस)

ट्याग -  प्रहरी प्रशासन

SUGGESTED ARTICLES

img
विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।”


by RSS | Mar 25

img