mobile

माइक्रोसफ्ट बन्यो दोस्रो ठुलो बजार पूँजीकरण हुने कम्पनी  

By Anu Rana on Oct 29,2018 - 08:54

अमेजनलाई पछी छोड्दै अमेरिकी बहुराष्ट्रिय सफ्टवयर कम्पनी माइक्रोसफ्ट सबैभन्दा ठुलो बजार पूँजीकरण भएको दोस्रो अमेरिकी कम्पनी बन्न सफल रहेको छ । शुक्रबारको कारोबारमा अमेजनको शेयर बजारमा गिरावट आए सँगइ  कम्पनीको बजार पूँजीकरण ६८ अर्ब १० करोड घटेर ८ खर्ब ३ अर्ब २८ करोड डलरमा झरेसँगै माइक्रोसफ्टले उसलाई उछिनेको हो ।

 यता माइक्रोसफ्टको बजार पूँजीकरण ८ खर्ब २१ अर्ब ५ करोड डलर रहेको छ । अमेजनले यसै बर्षको अप्रिलमा माइक्रोसफ्टलाई पछाडि पारेको थियो ।  

 अमेजनको शेयरमा ७ ।८ प्रतिशतले गिरावट आएको थियो । यो २४ अक्टोबर २०१४ पछिको सबैभन्दा ठूलो गिरावट हो । यसबाट अमेजनका सीईओको नेटवर्थ ११ अर्ब डलर घटेको थियो । अमेजनको बजार पूँजीकरण ४ सेप्टेम्बरमा एक ट्रिलियन पुगेको थियो ।

माइक्रोसफ्टको शेयर मूल्य यस बर्ष २५ प्रतिशतले बढेको छ । अमेरिकी शेयर बजारमा सन् १९९८ देखि २००० सम्म माइक्रोसफ्ट सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनीका रुपमा रहेको थियो ।

 एक ट्रिलियन डलरभन्दा बढी मूल्यका साथ एप्पलले सबैभन्दा बढी बजार पूँजीकरण भएको कम्पनीका रुपमा आफ्नो पहिलो स्थान कायम नै राखेको छ । 

 

ट्याग -  अमेजनलाई पछी छोड्दै , अमेरिकी बहुराष्ट्रिय सफ्टवयर कम्पनी

SUGGESTED ARTICLES

img
चीनको चमत्कारी कार्य : कृत्रिम सूर्य बनाउँदै  

विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रान्ति हासिल गर्ने होडमा चीनले कृत्रिम सूर्य बनाउने तयारी गरेकाे छ । केही समय अगाडि मात्र आफ्नै ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनले कृत्रिम सूर्य निमार्ण भइरहेकाे जनाएकाे छ ।


by Anu Rana | Nov 19

img