mobile

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

By RSS on Oct 29,2018 - 17:42

राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गर्नुभएकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको छ । 

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उहाँबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  (रासस)

ट्याग -  जिम्मेवारी

SUGGESTED ARTICLES

img
सहमति नजुटेकाले एकता प्रक्रियामा ढिलाइ

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उहाँले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पार्नुभयो ।


by RSS | Mar 21

img