mobile

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

By RSS on Oct 30,2018 - 10:56

प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । उपचारका क्रममा रगत परीक्षणको रिर्पोटअनुसार स्वास्थ्यमा निकै सुधार आएको सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका शुभेच्छुकसँग सजिलैसँग दोहोरो कुराकानी गर्नुभएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित हुनुहुन्छ । (रासस)

ट्याग -  प्रधानमन्त्री , स्वास्थ्य सुधार

SUGGESTED ARTICLES

img
विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।”


by RSS | Mar 25

img