mobile

वेष्टइन्डिजविरूद्ध भारतको फराकिलो जित  

By Anu Rana on Oct 31,2018 - 12:37

चौथो एक दिवसीय क्रिकेट खेलमा भारतद्वारा वेष्ट इन्डिज २२४ रनको फराकिलो अन्तरले पराजित भएको छ । सोमबार राति सम्पन्न भएको चौथो खेलमा भारतसँग वेष्ट इन्डिजले लज्जास्पद हार ब्यहोरेको हो । ३७८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३६।२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो ।

 मुम्बईमा भारतले दिएको ३७८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ३६ ।२ ओभरमा अलआउट हुँदै १५३ रनमा समेटियो। वेष्ट इण्डिजका जासन होल्डरले अविजित ५४ रन जोडे भने केमो पाउलले १९ रन तथा मार्लोन स्यामुएल्सले १८ रन जोडे। वेष्ट इण्डिजलाई सस्तैमा रोक्न भारतका खलीलल अहमेद र कुलदिप यादवले समान ३३ विकेट लिए।

मुम्बईमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले वेष्ट इन्डिजविरुद्ध ३७७ रनको विशाल स्कोर बनाएको थियो । भारतका लागि दुई जना खेलाडीले शतक प्रहार गरे । भारतका ओपनर रोहित शर्माले १६२ रन बनाए । उनले १३७ बलमा २० चौका र ४ छक्का प्रहार गर्दै १६२ रन बनाएका थिए ।

त्यस्तै, भारतका लागि आमबती रयुडुले १०० रन बनाए । उनले ८१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, भारतका लागि शिखर धवनले ३८ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजका केमार रोयचले २ विकेट लिए । ५ खेलको एक दिवसीय सिरिजमा भारतले २–१ ले लिड गरेको छ ।

ट्याग -  वेष्टइन्डिजविरूद्ध भारतको फराकिलो जित  

SUGGESTED ARTICLES

img
इपिएल : आज दुई खेल

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच पहिलो खेल बिहान ९ बजे शुरु हुनेछ । 


by RSS | Today, 10:29 AM

img