mobile

आईबीएमले ३४ अर्ब डलरमा किन्यो रेड ह्याट

By Anu Rana on Oct 31,2018 - 11:41

अमेरिकी बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी ‘इण्टरनेशनल विजनेश मशिन’ (आईबीएम)ले घरेलु सफ्टवेयर कम्पनी ‘रेड ह्याट इङ्क’ किनेको छ । कम्पनीले ३४ अर्ब डलरमा उक्त कम्पनी किनेको हो । पछिल्लो समय कम्पनी प्रविधि हार्डवेयर र परामर्श व्यवसायलाई उच्च मुनाफा भएको उत्पादन र सेवामा विविधिकृत गर्न खोजेको छ । सोही रणनीतिअनुरुप कम्पनीले कर्जा समेत गरेर रेड ह्याट किन्न ३४ अर्ब डलर खर्चेको हो । यो कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो ‘एक्विजिशन’ हो ।

आईबीएमले रेड ह्याटको प्रतिकित्ता शेयरका लागि १ सय ९० डलर दिन लागेको हो । यो शुक्रवार बजार बन्द हुँदा कायम कम्पनीको शेयर मूल्यभन्दा ६३ प्रतिशत धेरै हो । सन् १९९३ मा स्थापित रेड ह्याट लिनक्स अपरेटिङ सिष्टममा दख्खल राख्छ । कम्पनीको वृद्धिलाई टेवा दिन पछिल्लो एक्विजिशन गरिएको आईबीएमकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) गिन्नी रोम्ट्टेले बताएकी छिन् ।

 

पछिल्लो समय विश्व बजारमा सफ्टवेयरको विक्री सुस्ताइरहेको छ र मेनफ्रेम सेवाको माग पनि घटिरहेको छ । यस्तोमा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) गिन्नी रोम्ट्टेले आईबीएमको सब्सक्रिप्शनमा आधारित सफ्टवेयर सेवालाई विस्तार गर्ने प्रयास गरिरहेकी छिन् । 

 

 

ट्याग -  आईबीएम , रेड ह्याट ,

SUGGESTED ARTICLES

img
विद्यार्थीले बनाए रोबोट

झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए । 


by RSS | Nov 20

img