mobile

सिँचाइ समस्या समाधान गर्छु : यादव

By RSS on Oct 31,2018 - 16:17

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मिर्चैया नगरपालिका–८ मा बडादशैँ, शुभदीपावली तथा छठको अवसरमा आज बिहान आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिरहा क्षेत्र नं ४ का प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका यादवले किसानले भोग्दै आएको सिँचाइ समस्या समाधानका लागि डिपबोरिङ निर्माण गर्ने बताउनुभयो । 

आफ्नो संसदीय विकास कोषको करीब रु एक करोडको लागतमा निर्माण हुने डिपबोरिङको शिलान्यास छठलगत्तै हुने र त्यसले करीब १०० बिघा जमीनमा सिँचाइ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रम पार्टीका नेता कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी र व्यापारीलगायतको सहभागिता रहेको थियो ।  (रासस)

ट्याग -  सिँचाइ समस्या

SUGGESTED ARTICLES

img
‘लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्छ’ः काङ्ग्रेसका नेताहरु

राजनीतिक संस्कार र आचरण सुधार नहँुदासम्म पार्टी बलियो नहुने धारणा नेपाली काङ्ग्रेसका नेताले व्यक्त गरेका छन् । प्रजातान्त्रिक विचार समाजले आज बुटवलमा आयोजना गरेको “लोकतान्त्रिक संस्कार र विचार” विषयक प्रवचन कार्यक्रममा उनीहरुले पार्टी बलियो हुन नेता र कार्यकर्ताले लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । 


by RSS | Jan 22

img