mobile

अफगानिस्तानसँगको खेल रद्द

By RSS on Oct 31,2018 - 17:20

अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । 
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । तर अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । 

“प्राविधिक कारणले उनीहरुले नेपालसँगको खेल रद्द गरेको जानकारी एन्फालाई दिएका छन्, थप कुरा बुझ्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो । एन्फाले राष्ट्रिय फुटबल टोलीलाई वर्षभरि व्यस्त राख्न भन्दै विभिन्न देशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तालिका यसअघि सार्वजनिक गरेको थियो ।  (रासस)

ट्याग -  खेल

SUGGESTED ARTICLES

img
सङ्कटाद्वारा जावलाखेल पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाले जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटा प्रतियोगितामा लगातार दोस्रो पटक विजयी भएको हो । यसअघि सङ्कटाले सरस्वती युथ क्लबलाई १–० गोलअन्तरले हराएको थियो । 


by RSS | Nov 19

img