mobile

‘राइनो संरक्षण गोल्डकप’ आजदेखि

By RSS on Nov 01,2018 - 12:37

दुर्लभ एकसिङ्गे गैँडा संरक्षणको सन्देश दिन १५ वर्षदेखि सञ्चालन हुँदै आएको ‘राइनो संरक्षण गोल्डकप’ आजबाट नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा शुरु हुँदैछ । गैँडा संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताउनुभयो । खेलको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु र वातावरण संरक्षणको चेतना अभिवृद्धि गराउने उद्देश्य राखिएको छ । 

प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल आज आयोजक नवलपरासी–११ र लिली रुपन्देही–११ बीच हुने आयोजकले जनाएका छन् । खेल तालीकाअनुसार कात्तिक १६ गते एनआरटी र सरस्वती क्लब, कात्तिक १७ गते वीरगञ्ज युथ एकेडेमी र पोखरा–११, कात्तिक १८ गते च्यासल युवा क्लब र डिभाइन ब्वाइज युनियन काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ । (रासस)

ट्याग -  राइनो संरक्षण , गोल्डकप

SUGGESTED ARTICLES

img
सङ्कटाद्वारा जावलाखेल पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाले जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटा प्रतियोगितामा लगातार दोस्रो पटक विजयी भएको हो । यसअघि सङ्कटाले सरस्वती युथ क्लबलाई १–० गोलअन्तरले हराएको थियो । 


by RSS | Nov 19

img