mobile

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप आजदेखि

By Anu Rana on Nov 02,2018 - 10:54

आजदेखि स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ शुरु हुँदैछ ।  भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।

 नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप हुन लागेको हो । विश्वकप स्वरेक महापुर मैदान र डौंवाफाँटमा कार्तिक १८ गतेसम्म सञ्चालन हुनेछ ।

आजदेखि स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ शुरु हुँदैछ ।  भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।

 नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइप्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडी प्रतियोगिता स्थलमा आउनेक्रम जारी रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

 प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महिलातर्फ एकल, महिला र पुरुष गरी कूल चार इभेन्ट्स हुने प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत तथा १४ कास्य पदक प्रदान गरिने बताइएको छ ।

प्रतियोगिताको विजयी टिमले १५ सय युरो पाउनेछन् भने दोस्रो र तेस्रो ले क्रमश १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् । व्यक्तिगत तर्फ विजेताले १ हजार युरो, दोस्र्रो हुनेले ७५० र तेस्रो हुनेले ५ सय युरो प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल खर्च करिब १ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

 

ट्याग -  स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप आजदेखि

SUGGESTED ARTICLES

img
समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु–याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिनुभयो ।


by RSS | Dec 12

img