mobile

यौन दुर्व्यवहारको आरोपमा गुगलका ४८ कर्मचारी बर्खास्त

By Anu Rana on Nov 04,2018 - 10:52

गुगल कम्पनीले आफ्ना १३ वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ। यी सबैमाथि पछिल्लो २ वर्ष देखी यता यौन दुर्व्यवहारको आरोप लागेको थियो। गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना कर्मचारीको नाम सार्वजनिक गर्दै एक पत्रमा लेखेका छन्गु कि, गुगल कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेका माथि यो कडा फैसला लिएको छ। यो पत्र न्यूयोर्क टाइम्सका एक रिर्पोटको जवाफमा लेखेका थियो, जसले भनेका थिए एंड्रोयड निर्माता एंण्डि रुबिनलाई उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपमा ९० मिलियन डलरको प्याकेज दिएर विदा गरियो।

युक्त समाचारमा यो पनि लेखिएको थियो कि, रुबिनका एक प्रवत्ताले यस आरोप अस्वीकार गरेका छन्। रुबिनले सन् २०१४ मा आफ्नो कम्पनी छोडेका थिए। न्यूयोर्क टाइम्सका अनुसार उनलाई त्यस समय निकै ठूलो फेयरभेल दिइएको थियो। सुन्दर पिचईले आफ्नो पत्रमा लेखेका छन्, न्यूयोर्क टाइम्सको यस रिर्पोट पर्न निकै कष्टदायक छ। गुगल यस मुद्दाप्रति निकै गम्भिर छ।

गुगल यस मुद्दाप्रति निकै गम्भिर छ। गुगल आफ्ना कर्मचारी र सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर छ।

उनले लेखेका छन्, हामी यो सुनिश्चित गर्न चाहन्छौँ की हामी यौन उत्पिडनसँग जोडिएका हर आरोपीको जाँच गरेका छौँ। जाँचपछि हामीले यस फैसला गरेका छन्।  उनले उक्त पत्रमा यौन दुर्व्यवहारको आरोपमा बर्खास्त भएका ४८ कर्मचारीको नाम पनि उल्लेख गरेका छन्। 

ट्याग -  यौन दुर्व्यवहारको आरोपमा गुगलका ४८ कर्मचारी बर्खास्त

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img