mobile

हुम्लामा हिमपात

By RSS on Nov 04,2018 - 12:17

हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । 
आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो । 
यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताउनुभयो । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।(रासस) 

ट्याग -  हिमपात

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.