mobile

मध्यपुर मेयर कप फुटसल प्रतियोगिता

By RSS on Nov 04,2018 - 17:39

मध्यपुर थिमि नगरपालिकामा आज सम्पन्न मध्यपुर मेयर कप फुटसल प्रतियोगिताको उपाधि मध्यपुर–१ ‘बी’ ले हात पारेको छ । मध्यपुर युवा उत्थान संस्थाले आयोजना गरेको सो प्रतियोगितामा फष्ट रनरअपको उपाधि वडा नं २ ‘ए’ र सेकेण्ड रनरअपको उपाधि वडा नं १ ‘ए’ ले हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि वेदकुमार श्रेष्ठ, उत्कृष्ट गोलकिपरको उपाधि रिजोन हेक्का, उच्च स्कोलरको उपाधि रबिन हैजु र स्वच्छ खेलाडी टोली वडा नं ५ ‘ए’ ले हात पारेको छ । 


प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यस नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी जन्माउने योजना युवा वर्गले पूरा गर्नसके खेलकूदको विकासमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । नगरपालिकाभित्रका २३ वटा टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम हुने समूहलाई रु ३० हजार, दोस्रो हुनेलाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । (रासस) 

ट्याग -  फुटसल प्रतियोगिता

SUGGESTED ARTICLES

img
शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता

खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३–१ गोलअन्तरको सहज जित हासिल गरेको हो । 


by RSS | Today, 05:26 PM

img