mobile

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

By RSS on Nov 05,2018 - 11:54

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । 
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ । मानवअधिकारवादी अभियन्ता तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो । (रासस)

ट्याग -  निधन

SUGGESTED ARTICLES

img
सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ ।” 


by RSS | Jan 16

img