mobile

प्राकृतिक विपत्तिको डरलाग्दो तथ्यांक  

By Anu Rana on Nov 05,2018 - 16:12

प्राकृतिक विपत्ति पछिल्लो समय डरलाग्दो गरी भइरहेको छ। वर्षातको समयमा आउने बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेको संख्या निकै नै धेरै छ। चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाले अकालमा ज्यान गुमाएका छन्। करिब दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ।  बिभिन्न प्रकृतिक विपत्तिका कारण डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपदका घटनाबाट हुने गरेको छ ।

चार महिनामा बाढी, पहिरो तथा डुबानमा परी ज्यान जानेको संख्या ३०० छ। १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ। नेपालमा प्राकृतिक विपत्तिका घटना खासगरी १५ जेठदेखि १५ भदौसम्म तीन महिना बढी हुने गरेको छ। मनसुनको अवधि भएकाले बाढी र पहिरो बढी जान्छ । नदी तथा खोलाको बहाव पनि यही वेला बढ्छ। यो अवस्थामा प्राकृतिक विपत्ति निम्तिन्छ र दुःखद् घटना हरु घट्दछ।

गतवर्ष विपदमा परेर देशभर ५९७ जनाको ज्यान गएको थियो, जसमा ३५७ पुरुष र २४० महिला थिए।

एक हजार सात सय १९ घटना, ८८ जना बेपत्ता

 गृहको तथ्यांकअनुसार चार महिनाको अवधिमा प्रकृतिक विपत्तिका १ हजार ७ सय १९ घटना भए । घटनामा परी ८८ जना अझै बेपत्ता छन्। २ हजार २ सय ८७ सर्वसाधरण घाइते भए। ४ हजार १ एक सय ९४ घरपरिवार प्रभावित भए। १ हजार ९ सय ८४ घरमा क्षति पुगेको छ। प्राकृतिक विपद्मा मुलुकभर १ हजार ५ सय ४९ चौपाया मरेका छन् भने २ सय ३२ गोठ नष्ट भएका छन्।

प्रत्येक वर्ष कम्तीमा तीन अर्बको क्षति

 प्राकृतिक विपद्मा मात्रै प्रत्येक वर्ष कम्तीमा सवा ३ अर्बको धनमाल क्षति हुने गरेको छ। गृहको तथ्यांकअनुसार प्रत्येक वर्ष सबैभन्दा धेरै बाढी, पहिरो र आगलागीका कारण धनजनको क्षति हुने गर्छ। गत वर्ष मात्रै २ अर्ब ५९ करोड ९१ लाखबराबरको क्षति भएको थियो। यो विपद्मा ३३० ले ज्यान गुमाए।

 धनजनको क्षति हुने अर्को कारण अत्यधिक वर्षा र हुरी पनि हो। जसकारण गत वर्ष मात्रै १७ जनाको ज्यान गयो भने ३ करोड ७२ लाख ७७ हजारको क्षति भयो। त्यस्तै, चिसोका कारण गत वर्ष १०५ जनाको ज्यान गयो भने ५३ लाख १५ हजार रुपैयाँ मूल्यबराबरको धनमालको क्षति भयो।

ट्याग -  प्राकृतिक विपत्तिको डरलाग्दो तथ्यांक  

SUGGESTED ARTICLES

img
कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर क्षेत्रफल कृषियोग्य जमीन छ ।


by RSS | Today, 10:47 AM

img