mobile

मङ्सिर १५ गतेभित्र स्थानीय तहको एकीकरण गर्न निर्देशन

By RSS on Nov 05,2018 - 16:48

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ । 
प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिएको छ । नगर÷ गाउँमा सङ्गठन कमिटीको गठन गरिएको छ । 
प्रदेशअन्तर्गत रहेका अन्य जिल्लामा रहेका स्थानीय तहको एकतालाई समेत मङ्सिर १५ गतेभित्र सक्नेगरी सम्बन्धित जिल्ला कमिटीलाई निर्देशनसमेत दिइएको सचिव पोखरेलले जानकारी दिनुभयो । प्रदेश नं ३ मा १३ जिल्ला कमिटी र चार विशेष कमिटी छन् । 
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असोज ५ गते विशेष परिपत्र जारी गदै प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दै पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिशका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्नुपर्ने जिम्मा दिनुभएको थियो । 
सचिव पोखरेलले परिपत्रानुसार पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने एवं प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेजस्ता कार्यक्रम भइरहेको बताउनुभयो । (रासस)

ट्याग -  स्थानीय तह , एकीकरण

SUGGESTED ARTICLES

img
काङ्ग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हँुदै गएको छ । उहाँ उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उहाँको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ । 


by RSS | Today, 04:26 PM

img