mobile

आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो : महामन्त्री कोइराला

By RSS on Nov 05,2018 - 16:52

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उहाँले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने दाबी गर्नुभयो । 
उहाँले काङ्ग्रेसको महासमिति बैठक सर्ने पनि बताउनुभयो । महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्छ भन्नुभयो । महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्न सक्ने उहाँले बताउनुभयो । महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरुसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाले बताउनुभयो । 

काङ्ग्रेस अहिले पनि शक्तिशाली पार्टी रहेको बताउँदै उहाँले भन्नुभयो, “नेकपा एमाले र माओवादी मिल्दा पनि काङ्ग्रेस एकबद्ध भएको खण्डमा काङ्ग्रेसलाई जित्न सक्दैनन् ।” कम्युनिष्ट पार्टी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएको भन्दै उहाँले थप्नुभयो, “अहिले आएको परिवर्तनका कारण उनीहरुमा परिवर्तन देखिएको हो तर उनीहरु लोकतन्त्रवादी होइनन् ।” 

फरक प्रसंगमा बोल्दै उहाँले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटि हल बन्न नदिने बताउनुभयो । अस्पतालको गुरु योजनाअनुसार प्रतिष्ठान बनाउनु पर्ने भन्दै उहाँले पहिले नै जग्गा अपुग भएका कारण गैंडाकोटमा आवास गृह बनाइएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा म पुष्पकमल दाहालज्यूसँग छलफल गर्छु । यहाँ बनाउन उपयुक्त हँुदैन ।” (रासस)

ट्याग -  निर्वाचन

SUGGESTED ARTICLES

img
माथिल्लो तामाकोशीको कार्यप्रगतिका बारेमा मन्त्री पुनको चासो

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गर्नुभएको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागत समेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।


by RSS | Nov 19

img