mobile

शेयर बजार थामियो : दोहोरो अङ्कले वृद्धि

By RSS on Nov 05,2018 - 17:13

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक ११ दशमलव ९२ बिन्दुले बढेर एक हजार २१९ दशमलव २० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५१ बिन्दुले वृद्धि भई २५९ दशमलव ३२ बिन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भएपनि कारोवार रकममा भने वृद्धि हुन सकेन । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर रु २४ करोड ४५ लाख ७० हजार ५५२ मूल्यमा खरीद बिक्री भएका छन् । 

अधिकांश उपसमूहको शेयर कारोवारमा वृद्धि हुँदा बजार हरियाली भएको हो । बैङ्किङ ११ दशमलव ५२, होटल ३७ दशमलव ६२, विकास बैङ्क १३ दशमलव ५९, जलविद्युत् ७ दशमलव ५९, वित्त २ दशमलव शुन्य सात, निर्जीवन बीमा ८७ दशमलव ४५, उत्पादन शून्य दशमलव ७, अन्य २ दशमलव ९, माइक्रोफाइनान्स १७ दशमलव ९८ र जीवन बीमा ४९ दशमलव ६२ बिन्दुले बढेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा सिर्जना फाइनान्स, अरुण काबेली पावर लिमिटेड र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् । (रासस)

ट्याग -  शेयर बजार

SUGGESTED ARTICLES

img
७ हजारभन्दा बढी ऋणी कालोसूचीमा  

बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जा (उठ्न नसकेको ऋण लगानी) को चाप दिन प्रतिदिन बढ्दै गएको छ । आर्थिक वर्ष २०७५७६ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा ऋण नतिर्ने ७ हजार ३ सय ११ फर्मकम्पनी र तिनका सञ्चालकहरु कालोसूचीमा परेका छन् ।


by Anu Rana | Today, 11:59 AM

img