mobile

संगठनको मर्यादामा आँच पु–याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल

By RSS on Nov 06,2018 - 11:50

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु-याउने गतिविधि सह्य नहुने बताउनुभएको छ । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । 

“इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,” उहाँले भन्नुभयो । जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुशी व्यक्त गर्नुभयो । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार रु दुई करोड ५४ लाखको लागतमा निर्माण भएको उक्त भवनमा २२ कोठा छन् । 

ट्याग -  व्यावसायिक मर्यादा

SUGGESTED ARTICLES

img
वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ । सो उद्योग परिसरका प्रभावित स्थानीय बासिन्दा किशोरकुमार विश्वाससहितले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै सो उद्योगको वातावरणनीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गर्दा ध्वनि प्रदूर्षण, साना कणले स्वास्थ्यमा असर परेको जानकारी गराउनुभयो । 


by RSS | Today, 10:57 AM

img