mobile

तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

By RSS on Nov 06,2018 - 12:49

प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको छ । गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटोछरितो उपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलबाटै प्रहरी रिपोर्ट पठाउने व्यवस्था मिलाइएको बताउनुहुन्छ । 

“विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “अझै छिटोछरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा अनलाइनबाटै प्राविधिक तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ ।” प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानिरीक्षक भएसँगै उहाँले उपत्यकाका चार स्थानमा सेवा थप गर्नुभएको हो । हाल काठमाडौँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, कालिमाटी, गौशाला, महानगरीय प्रहरी परिसर भक्तपुर र परिसर ललितपुर तथा सातै प्रदेशबाट प्रहरी रिपोर्ट लिने व्यवस्था गरिएको छ । प्रवक्ता सुवेदीले काठमाडौँ उपत्यकाभित्र भरेको फाराम तीन दिनभित्र, प्रदेश कार्यालयबाट एक हप्तामा र विदेशी नागरिकका लागि एक हप्तामा रिपोर्ट लिन मिल्ने व्यवस्था गरिएको बताउनुभयो । (रासस) 

ट्याग -  प्रहरी रिपोर्ट

SUGGESTED ARTICLES

img
वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ । सो उद्योग परिसरका प्रभावित स्थानीय बासिन्दा किशोरकुमार विश्वाससहितले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै सो उद्योगको वातावरणनीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गर्दा ध्वनि प्रदूर्षण, साना कणले स्वास्थ्यमा असर परेको जानकारी गराउनुभयो । 


by RSS | Today, 10:57 AM

img