mobile

लागुऔषधसहित एक जना पक्राउ

By RSS on Nov 06,2018 - 12:53

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारबाट लागुऔषध सेतो ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६० ग्राम सेतो ब्राउन सुगर तथा नगद रु ४० हजारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीया रूबि बेगमलाई पक्राउ गरेको हो । 

यस्तै सशस्त्र प्रहरीको टोलीले रु पाँच लाखभन्दा बढी मूल्य बराबरको ३४ थान अवैध मोबाइलसेट बरामद गरेको छ । सोमबार लहान नगरपालिका–१९ कटहाचौक र प्रयागपुर गाउँको बीचबाट अवैध मोबाइलसेट बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिनुभयो । (रासस)

ट्याग -  पक्राउ

SUGGESTED ARTICLES

img
हिउँदे नगरसभाद्वारा ऐन पारित

बागलुङ नगरपालिकाको हिउँदे नगरसभाले तीन नयाँ ऐन पारित गरेको छ । सार्वजनिक निजी साझेदारी ऐन–२०७५, फोहरमैला व्यवस्थापन कार्यविधि ऐन–२०७५ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि ऐन–२०७५ लाई नगरसभाले सर्वसम्मत स्वीकृत गरेको हो । नगरप्रमुखबाट प्रमाणित भएपछि ऐन लागू हुने विधायन समितिका संयोजक लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो ।


by RSS | Today, 04:21 PM

img