mobile

संस्कृति संंरक्षणमा सञ्चारकर्मी

By RSS on Nov 06,2018 - 13:19

आधुनिक प्रविधिको विकाससँगै पछिल्लो समय विभिन्न संस्कृति हराउँदै गएका बेला जिल्लाका सञ्चारकर्मी त्यसको संरक्षणमा जुटेका छन् । जिल्लाको रेडियो निङ्गलाशैनी एफएम र सामुदायिक रेडियो सेभेनस्टारका सञ्चारकर्मी संस्कृति संंरक्षणमा जुटेका हुन् । यसअघि ती रेडियोमा कार्यरत सञ्चारकर्मीले संस्कृति संरक्षणका लागि समुदायमै गएर विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तिहारमा उनीहरुले देउसीभैलो कार्यक्रम सञ्चालन गरेका छन् । स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीयस्तरमा कला संस्कृतिको संरक्षणका लागि गाउँघरमै गएर देउसीभैलो खेलिरहेका छौँ ।” 

सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लामा पुगेर स्थानीय संस्कृतिको जगेर्नाका लागि देउसीभैलोको आयोजना गरिएको छ । युवापुस्तालाई संस्कृति संरक्षणतर्फ आकर्षित गर्न देउसीभैलोको आयोजना गरिएको रेडियो सेभेनस्टारका अध्यक्ष अमर भट्टराईले बताउनुभयो । रेडियो निङ्गलाशैनीले विगत वर्षमा समेत देउसीभैलो कार्यक्रम आयोजना गर्दै आएको थियो । स्थानीयसँगको सामिप्यता बढाउन रेडियोले गाउँमुखी कार्यक्रम सञ्चालन गर्दै आएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक अवस्थीले बताउनुभयो । “देउसीभैलो कार्यक्रमले स्रोतासँगको सम्बन्धलाई थप मजबुत बनाउँछ,” उहाँले भन्नुभयो । (रासस)

ट्याग -  संस्कृति संंरक्षण

SUGGESTED ARTICLES

img
महायज्ञबाट ८० लाखको पूर्वाधार निर्माण

श्रीमद्भागवत महापुराणमा वर्णित पुलस्त्य र पुलह ऋृषिले तपस्या गरेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलहाश्रममा स्थानीयवासीले आफ्नै पहलमा रु ८० लाख खर्चेर पूर्वाधार निर्माण गरेका छन् । धार्मिक र पौराणिक रूपमा महत्वपूर्ण सो ठाउँको विकासका लागि २०४६ सालदेखि स्थानीयवासी पूर्वाधार निर्माण गर्दै आएका छन् । दुई पटक महायज्ञ लगाएर पुलहाश्रम क्षेत्रमा लाखौँको पूर्वाधार निर्माण गरेको पुलहाश्रम क्षेत्र


by RSS | Today, 11:31 AM

img