mobile

बाजुरामा कालाजार

By RSS on Nov 06,2018 - 13:22

 

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याव असिस्टेन्ट दन्त विकले बताउनुभयो । कालाजारको उपचार जिल्लामा सम्भव नभएकाले उनीहरुलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ । पछिल्लो समय जिल्लामा मलेरियाका बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको छ । हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मलेरियाको ६३ बिरामीको उपचार भइसकेको निमित्त कार्यालय प्रमुख लोकेन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

अभियन्ता सम्मानित 

जिल्ला बाल अधिकार मञ्चले ६ अभियन्तालाई सम्मान गरेको छ । बाल अधिकारको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै मञ्चले उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा मानवअधिकारकर्मी लालबहादुर ओली, सञ्चारकर्मी प्रकाश सिंह, निमेन्द्र शाही, कृष्ण ओली, गणेश थापा र देबु खाती छन् । उनीहरुलाई सांसद लालबहादुर थापाले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । (रासस)

ट्याग -  कालाजार

SUGGESTED ARTICLES

img
महायज्ञबाट ८० लाखको पूर्वाधार निर्माण

श्रीमद्भागवत महापुराणमा वर्णित पुलस्त्य र पुलह ऋृषिले तपस्या गरेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलहाश्रममा स्थानीयवासीले आफ्नै पहलमा रु ८० लाख खर्चेर पूर्वाधार निर्माण गरेका छन् । धार्मिक र पौराणिक रूपमा महत्वपूर्ण सो ठाउँको विकासका लागि २०४६ सालदेखि स्थानीयवासी पूर्वाधार निर्माण गर्दै आएका छन् । दुई पटक महायज्ञ लगाएर पुलहाश्रम क्षेत्रमा लाखौँको पूर्वाधार निर्माण गरेको पुलहाश्रम क्षेत्र


by RSS | Today, 11:31 AM

img