mobile

मनाइयो कुकुर तिहार

By RSS on Nov 06,2018 - 13:26

यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको छ । 

नरक चतुर्दशी स्नान, दीपदान 

आज बिहान अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काइ बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । (रासस)

ट्याग -  कुकुर तिहार

SUGGESTED ARTICLES

img
महायज्ञबाट ८० लाखको पूर्वाधार निर्माण

श्रीमद्भागवत महापुराणमा वर्णित पुलस्त्य र पुलह ऋृषिले तपस्या गरेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलहाश्रममा स्थानीयवासीले आफ्नै पहलमा रु ८० लाख खर्चेर पूर्वाधार निर्माण गरेका छन् । धार्मिक र पौराणिक रूपमा महत्वपूर्ण सो ठाउँको विकासका लागि २०४६ सालदेखि स्थानीयवासी पूर्वाधार निर्माण गर्दै आएका छन् । दुई पटक महायज्ञ लगाएर पुलहाश्रम क्षेत्रमा लाखौँको पूर्वाधार निर्माण गरेको पुलहाश्रम क्षेत्र


by RSS | Today, 11:31 AM

img