mobile

‘न्हूदँ’का सम्पूर्ण कार्यक्रम स्थगित

By RSS on Nov 06,2018 - 16:16

नेपाल संवत् आन्दोलनका प्रणेता एवं आदिवासी जनजाति आन्दोलन र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको असामयिक निधनका कारण नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ । दिवङ्गत तुलाधरप्रति सम्मान अर्पण गर्न कार्यक्रमहरु स्थगन गरिएको हो । 

आज नेसं ११३८ कौलागा १४ (कात्तिक २० गते) मङ्गलबार बसेको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो । 
हरेक वर्ष झैँ यस वर्ष पनि नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा यही नेसं ११३९ कछलाथ्व पारु (कात्तिक २२ गते) काठमाडौंको बसन्तपुरमा मूल समारोह आयोजना गर्ने कार्यक्रम तय भइसकेको थियो । सोही दिन आयोजना गरिने अन्य स्थानका कार्यक्रमहरू पनि स्थगन गरिएको छ । 
स्थगित कार्यक्रमहरू दिवङ्गत तुलाधरको १३ दिने पूण्यतिथि पछि अनुकूल दिनहरूमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको नेवाः जागरण मञ्चका संयोजक सुजीब बज्राचार्यले जानकारी दिनुभएको छ । (रासस)

ट्याग -  नेपाल संवत्

SUGGESTED ARTICLES

img
महायज्ञबाट ८० लाखको पूर्वाधार निर्माण

श्रीमद्भागवत महापुराणमा वर्णित पुलस्त्य र पुलह ऋृषिले तपस्या गरेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलहाश्रममा स्थानीयवासीले आफ्नै पहलमा रु ८० लाख खर्चेर पूर्वाधार निर्माण गरेका छन् । धार्मिक र पौराणिक रूपमा महत्वपूर्ण सो ठाउँको विकासका लागि २०४६ सालदेखि स्थानीयवासी पूर्वाधार निर्माण गर्दै आएका छन् । दुई पटक महायज्ञ लगाएर पुलहाश्रम क्षेत्रमा लाखौँको पूर्वाधार निर्माण गरेको पुलहाश्रम क्षेत्र


by RSS | Today, 11:31 AM

img