mobile

रोकिएन पटाकाको तस्करी

By RSS on Nov 06,2018 - 16:39

सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएको छैन । तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैध रूपमा प्रसस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “पटका पड्काउन पूर्ण प्रतिबन्ध छ तर खुल्ला सिमानाका कारण तस्करी भने रोक्न सकिएको छैन । गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशत तस्करी नियन्त्रण भएको छ ।” 

प्रहरीले पटाकाको बिक्री वितरण तथा प्रयोग गर्नेमाथि कारवाही हुने बताए पनि तस्करहरूले साइकलमा राखेर पटाका बिक्री गर्दै आएका र पटका प्रयोगकर्तामा पनि त्यसको कुनै असर परेको पाइँदैन ।(रासस) 

ट्याग -  पटाकाको तस्करी

SUGGESTED ARTICLES

img
निर्माण व्यवसायी मारमा

सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसाय मारमा परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । विभिन्न तहका सरकारबीच समन्वय नहुँदा सङ्घीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुललगायतका परियोजनाको भुक्तानीमा अन्योल देखिएको महासङ्घको भनाइ छ । पछिल्लो समय भुक्तानीको समयमा सङ्घीय सरकारले प्रदेश तथा प्रदेश


by RSS | Today, 01:16 PM

img