mobile

राति १० बजेपछि देउसी भैलो खेल्न रोक

By RSS on Nov 06,2018 - 16:41

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । 

मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उहाँले बताउनुभयो । प्रशासनको आग्रह विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रजिअ आचार्यको भनाइ छ । (रासस)

ट्याग -  देउसी भैलो

SUGGESTED ARTICLES

img
प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अगुवाइमा झण्डै चार महीनादेखि सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ जिल्लामा प्रभावकारी देखिएको छ । अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका छन् । प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको


by RSS | Today, 05:01 PM

img