mobile

ओलम्पिक छनोट–नेपाल र म्यान्माको खेल बराबरीमा टुङ्गियो

By RSS on Nov 12,2018 - 10:31

महिला ओलम्पिक–२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत हिजो भएको खेलमा नेपालले म्यान्मासँग बराबरी खेलेको छ । म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली म्यान्मासँग १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको हो । यस खेलसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायम नै रहेको छ । नेपालका लागि खेल शुरुआती दोस्रो मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमार्फत गोल गरिन् । म्यान्माको डिफेन्डर वाई वाई औङले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । 

त्यस्तै खेलको पहिलो हाफको १३औँ मिनेटमा नै म्यान्माकी खेलाडी खिन मो वाईले १ गोल फर्काउँदै खेललाई १÷१ गोलको बराबरीमा ल्याइन् । यसअघि नेपालले आफ्नो पहिलो खेलमा भारतसँग पनि १–१ को बराबरी नै खेलेको थियो । यस खेलसँगै नेपालले अङ्क तालिकामा दुई अङ्क जोडेको छ भने भारत र म्यान्माले समान ४/४ अङ्क जोडेका छन् । बङ्गलादेश भने अङ्कविहीन रहेको छ । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । 

यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूह ‘सी’ मा भारत, म्यान्मा र बङ्गलादेश छन् । अब नेपालले समूह चरणको अन्तिम खेल यही कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ । (रासस)

ट्याग -  ओलम्पिक छनोट

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img